२०८३, कार्तिक ११ गते बुधबार

मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण

मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण


  • मेरोभ्यूज
  • चैत्र २०, २०८२ शुक्रबार

  • मुक्तिपथ आधारभूत विद्यालयको भवन निर्माण

     

    म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ बिरौटामा रहेको मुक्तिपथ आधारभूत विद्यालयमा कक्षा कोठा भवन निर्माण भएको छ ।

    अन्नपूर्ण गाउँपालिका र जर्मनको हिमालय ‘फ्रेण्ड्स इभी’को आर्थिक सहयोगमा स्थानीय उपभोक्ताले श्रमदान गरेर चार कोठे कक्षाकोठा भवन बनाएका हुन् । कक्षाकोठाको साथै शौचालय पनि निर्माण भएको छ ।

    अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक वर्षमा रु. २० लाख र चालु आर्थिक वर्षमा रु. पाँच लाख ५० हजार बजेट विनियोजन गरेको उक्त भवन निर्माणका लागि जर्मन संस्थाले रु. एक लाख ४९ हजार सहयोग गरेको वडाध्यक्ष रामबहादुर खड्काले जानकारी दिए ।

    यसअघि कक्षाकोठा भवन जीर्ण हुँदा पठन-पाठनमा समस्या भएको थियो । कक्षा ३ सम्मको पठन-पाठन हुने उक्त विद्यालयमा हाल १९ जना विद्यार्थी रहेका छन् ।


    प्रकाशित : शुक्रबार, चैत्र २० २०८२०९:४१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार