२०८३, कार्तिक ११ गते बुधबार

कालिज पालेर मासिक रु. एक लाखभन्दा बढी आम्दानी

कालिज पालेर मासिक रु. एक लाखभन्दा बढी आम्दानी


  • मेरोभ्यूज
  • चैत्र २३, २०८२ सोमबार

  • कालिज पालेर मासिक रु. एक लाखभन्दा बढी आम्दानी

     

    चितवन । संयुक्त अरब इमिरेट्स (साउदी)मा ११ वर्ष काम गरेर फर्केका गैँडाकोटका एक युवाले घरमै कालिजपालन गरेर मासिक रु. एक लाख बढी आम्दानी गर्दै आएको छ ।

    गैँडाकोट नगरपालिका–६ का प्रेमप्रसाद सापकोटाले साउदीबाट फर्किएपछि कालिजपालन शुरु गरेको हो । छ वर्षअघि नेपाल फर्किएर करिब एक कट्ठा जमिनमा उनले कालीजपालन शुरु गरेको थियो । रु. १३ लाख लागतमा उनले सो व्यवसाय शुरु गरेका थिए ।

    शुरुमा प्रतिगोटा रु. दुई हजारमा अण्डा किनेर आफ्नै मेसिनबाट कोरलेर पालन गरेका सापकोटाले हाल आफैँ चल्ला बिक्री गर्छन् ।

    एउटा चल्ला रु. दुई सयमा बिक्री हुने गरेको छ भने वार्षिक करिब दस हजार चल्ला बिक्री हुने गरेको उनले बताए ।

    पूर्वको झापादेखि पश्चिमको धनगढीसम्म चल्ला बिक्री हुने गरेको छ । पालिएका माउ कालिज प्रतिगोटा रु. दुई हजारदेखि तीन हजारसम्ममा बिक्री हुन्छन् ।

    मासुका लागि पनि उनको फार्मबाट कालिज बिक्री हुने गर्दछ । खानाका सौखिनहरूले फार्ममै आएर कालिज लैजाने गर्दछन् । वार्षिक पाच सय भन्दा बढी कालिज मासुका लागि बिक्री हुने गरेको छ ।

    चल्ला र माउ बिक्रीबाट राम्रो आम्दानी हुने गरेको छ । घरकै उत्पादन गहुँ, मकै, घाँस र थोरै किनिएको दाना कालिजलाई खुवाउने गरिएको छ ।

    सापकोटा बिहान–बेलुका कालिजलाई खाना दिन्छ भने दिउँसो अन्य काममा लाग्छन् । घर परिवारले व्यवसायमा सहयोग गर्दै आएका छन् ।

    सापकोटाले भने, “साउदीमा जति कमाइ गरेँ, गाउँमै कालिजपालनबाट हुने आम्दानी त्यसभन्दा राम्रो छ । यसले मलाई छुट्टै काम गर्ने अवसर पनि दिएको छ र मेहनत गरे विदेशमा भन्दा बढी लाभ देशमै लिन सकिन्छ ।”


    प्रकाशित : सोमबार, चैत्र २३ २०८२१०:०९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार