२०८३, कार्तिक ११ गते बुधबार

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान


  • मेरोभ्यूज
  • बैशाख १०, २०८३ बिहीबार

  • सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

     

    कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै आएको सिँचाइ अभावको समस्या समाधान गरिएको छ ।

    जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय धनगढीले यहाँ अटोजन (ट्युवेल) बोरिङ जडान गरेपछि स्थानीय किसानलाई सिँचाइ सुविधा उपलब्ध भएको हो ।

    विगतमा सिँचाइको भरपर्दो व्यवस्था नहुँदा खेतबारी बाँझै राख्नुपर्ने बाध्यता थियो ।

    रु. ४० लाखमा सञ्चालित उक्त योजनामार्फत करिब ६० बिघा जमिनमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य राखिएको छ ।

    “यसअघि खेतमा सिँचाइ गर्नका लागि किसानले खोला तथा नदीबाट पम्पसेटको सहायताले पानी तान्नुपर्ने अवस्था थियो,” वडा नं. ३ का वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीलेँले भने, “त्यसका लागि धेरै खर्च लाग्ने भएकाले किसान आर्थिकरूपमा मारमा परेका थिए ।”

    स्थानीय किसान मोहन चौधरीले बोरिङ जडान भएपछि सिँचाइका लागि खोला–नदीबाट पानी तान्ने झन्झटिलो प्रक्रियाबाट मुक्ति पाइएको बताए ।

    बोरिङ जडानले यस क्षेत्रका तीन सय बढी किसान प्रत्यक्षरूपमा लाभान्वित हुने भएका छन् ।


    प्रकाशित : बिहीबार , बैशाख १० २०८३१०:०३
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार