२०८३, कार्तिक ११ गते बुधबार

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण


  • मेरोभ्यूज
  • बैशाख १५, २०८३ मंगलबार

  • म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

     

    म्याग्दी । रघुगङ्गा गाउँपालिका–६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण भएको छ ।

    रघुगङ्गा गाउँपालिकामा निर्माण भएको राहुघाट–मङ्गले–चिमखोला र अपर राहुघाट जलविद्युत् आयोजनाको प्रवर्द्धक कम्पनी तुँदी पावर कम्पनीको करिब रु. ४० लाख सहयोगमा कोर्ट निर्माण भएको हो ।

    आयोजनाले प्रभावित क्षेत्रको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उपलब्ध गराएको रु. २५ लाखबाट रायखोरमा पक्की कोर्ट निर्माण र कोटगाउँको खेलमैदान पुन:निर्माण गरिएको रघुगङ्गा गाउँपालिका–६ का वडाध्यक्ष मनकुमार शेरपुञ्जाले जानकारी दिए ।

    रायखोरको खेलमैदान ढलान गरेर पक्की बनाउन रु. २५ लाख र कोटगाउँको खेलमैदान पुन:निर्माणका लागि रु. १४ लाख ३९ हजार सहयोग गरिएको थियो ।


    प्रकाशित : मंगलबार, बैशाख १५ २०८३१०:२१
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार