
काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडको १७औं तथा १८औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
बालुवाटार, काठमाडौंमा, आइतबार कम्पनीका अध्यक्ष राम श्रेष्ठको सभापतित्वमा सम्पन्न सो साधारण सभाले अध्यक्ष श्रेष्ठद्वारा प्रस्तुत आ.व. २०८०/०८१ तथा आ.व. २०८१/०८२ को बार्षिक प्रतिबेदन पारित गरेको छ ।
साधारण सभाले लेखापरीक्षकको प्रतिबेदनसहित आ.व. २०८०/०८१ तथा आ.व. २०८१/०८२ को वासलात, नाफा/नोक्सान हिसाब, नगद प्रवाह विवरण पारित गरेको छ भने आ.व. २०८२/०८३ को लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्नेसम्बन्ध, निर्वाचनसम्बन्धको साथमा विभिन्न विशेष प्रस्तावहरुसमेत साधारण सभामा पारित भएका छन् ।
साधारण सभामा जनाइए अनुसार आ.व. २०८०/०८१ मा कम्पनीले विद्युत बिक्रीबाट रु. १७,४१,७०,७७०।२३ आम्दानी गरेको थियो भने आ.व. २०८१/०८२ मा रु. १६,९६,९९,६९३।७३ आम्दानी गरेको छ । आ.व. २०८०/०८१ मा कम्पनीको ऋण रु. १ अर्ब २३ करोड र अन्य दायित्व रु. ८ करोड २२ लाख रहेकोमा आ.व. २०८१/०८२ मा रकम घटेर रु. ७१ करोड ९६ लाख हुन गएको कम्पनीले जनाएको छ ।
धादिङ जिल्लाको आँखुखोलाको पानी उपयोग गरी ८.४ मेगावाट जडित क्षमता आँखुखोला १ जलविद्युत आयोजना राष्ट्रिय प्रसारणमा जोडिएको १२ वर्ष भइसकिएको समेत साधारण सभामा जानकारी दिइयो ।
त्यसैगरी आयोजनाको आँखुखोला २ जलविद्युत आयोजना निर्माणाधीन अवस्थामा रहेको छ भने कम्पनीको लगानी गणेश हिमाल हाइड्रोपावरमा पनि रहेको छ ।
साधारण सभाले आगामी कार्यकालका लागि सञ्चालक सदस्यहरूमा जोली अमात्य, रामप्रसाद सापकोटा, सविन्द्र उपाध्याय, सुवास पौडेल र लेखनाथ पोख्रेललाई निर्वाचित गरेको छ । साथै विविध कार्यक्रमको साथमा साधारण सभा सम्पन्न भएको थियो ।


