२०८३, कार्तिक ११ गते बुधबार

उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण

उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण


  • मेरोभ्यूज
  • आषाढ १९, २०८३ शुक्रबार

  • उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण

     

    बागलुङ । यहाँको छेन्तुङ र खाल्डेखुल्डे जोड्ने गरी उत्तरगङ्गा नदीमा झोलुङ्गे पुल निर्माण भएको छ ।

    सङ्घीय सरकारले विनियोजन गरेको दुई करोड ७७ लाख रुपैयाँमा सो झोलुङ्गे पुल निर्माण गरिएको हो । २८८.४ मिटर लामो झोलुङ्गे पुल बनेपछि ढोरपाटन नगरपालिका–६ को दोगाडी, छालहाल्ना, कुदुम, गाडीखोलालगायत दर्जन बढी गाउँका स्थानीयलाई ढोरपाटन आउजाउ गर्न सहज भएको वडाध्यक्ष उमेश बुढामगरले बताए ।

    ढोरपाटन नगरपालिका–६ का पानबहादुर विकले पुल बनेपछि गाउँमा विकास आएको अनुभूति भएको सुनाए ।

    “यहाँ पुल नहुँदा खोला तर्दा म आफैँलाई कति पटक बगायो, धन्न पौडिन सक्ने हुँदा बाँचे, आइमाइ केटाकेटीहरु पनि बस्छन् तर उनीहरुलाई दुई/तीन घण्टाको घुमाउरो बाटो हिँडेर खोला तर्नु पर्ने अवस्था थियो”, विकले भने, “अब त पुल बन्यो, बेँसी झर्न र बस्तुभाउलाई वारपार गराउन धेरै सजिलो हुने भयो ।”


    प्रकाशित : शुक्रबार, आषाढ १९ २०८३०८:३९
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार