२०८३, कार्तिक ११ गते बुधबार

नेपाल लाइफ इन्स्योरेन्सको कोटेश्वर शाखाबाट दाबी भुक्तानी

नेपाल लाइफ इन्स्योरेन्सको कोटेश्वर शाखाबाट दाबी भुक्तानी


  • मेरोभ्यूज
  • माघ २८, २०७८ शुक्रबार

  • नेपाल लाइफ इन्स्योरेन्सको कोटेश्वर शाखाबाट दाबी भुक्तानी

    काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको कोटेश्वर शाखाले दाबी गरेको दुई दिनमै मृत्युदाबीको रकम भुक्तानी गरेको छ । कम्पनीका मृतकको इच्छाएको व्यक्तिलाई मृत्युदाबीको ३ लाख १४ हजार बराबरको चेक हस्तान्तरण गरेको हो ।

    विसं २०६९ माघ २८ गते २ लाख बीमाङ्कको बीमा गराएको बीमितको मस्तिष्कमा पानीको मात्रा बढी भएको कारण यही पुस २७ गते मृत्यु भएको थियो । कम्पनीका कोटेश्वर शाखा प्रमुख ज्ञानेन्द्रमान तुलाधर (ज्ञानु)ले माघ २८ गते एक कार्यक्रममार्फत बीमितको इच्छाएको व्यक्ति खिलनाथ फुयाँललाई मृत्युदाबीको चेक रकम हस्तान्तरण गरे ।

    कार्यक्रममा कम्पनीका वरिष्ठ सहायक अनुजकुमार झा, सहायक प्रियङ्का कार्की र वरिष्ठ एजेन्सी म्यानेजर गोविन्द भट्टराईको समेत उपस्थिति रहेको थियो । 


    प्रकाशित : शुक्रबार, माघ २८ २०७८०८:०२
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार