२०८३, कार्तिक ११ गते बुधबार

भीमसेनगोलामा सेञ्चुरी बैंकको नयाँ शाखा 

भीमसेनगोलामा सेञ्चुरी बैंकको नयाँ शाखा 


  • मेरोभ्यूज
  • फाल्गुण २६, २०७८ बिहीबार

  • भीमसेनगोलामा सेञ्चुरी बैंकको नयाँ शाखा 

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा आजदेखि काठमाडौंको भीमसेनगोलामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 
    बैंकका संचालक समिति सदस्य प्राडा गीता प्रधानले बैंकको १२९ औं शाखाकोे समुद्घाटन गरी सेवा शुभारम्भ गरिन् । 

    कार्यक्रममा बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ, संचालक मनबहादुर राई, सुनिल न्यौपाने, कायम मुकायम प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपानेलगायत बैंक उच्च व्यवस्थापन समूह  स्थानीयबासीहरुको उपस्थिति रहेको थियो । भीमसेनगोला शाखा संचालनमा आएपछि उपत्यकाभित्र बैंकको शाखा संख्या २६ पुगेको छ ।

    देशमा सुगम तथा दुर्गम क्षेत्रसम्म सेवा विस्तार गर्ने उद्देश्यले बैंकले देशका विभिन्न स्थानमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टर संचालनमा ल्याएको छ । 


    प्रकाशित : बिहीबार , फाल्गुण २६ २०७८०६:५०
  • शेयर:


  • मेरोभ्यूज
    मेराेभ्यूज डटकम हेराल्ड कम्युनिकेसन प्रा.लिले सञ्चालनमा ल्याएकाे आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, अन्तर्वार्ता, सूचना प्रविधि तथा जीवनका विभिन्न आयामका सम्पूर्ण समाचार र विश्लेषणलाई समूचित रूपमा पस्कने छ।
    प्रतिक्रिया दिनुहोस्
    सम्बन्धित समाचार